×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक र टेस्ला डाईगोनोस्टिक क्लिनिकबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा बिशेष सहुलियत पाउने

अर्थ सरोकार

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलवार

PRIME CA

नबिल बैंक र टेस्ला डाईगोनोस्टिक क्लिनिकबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा बिशेष सहुलियत पाउने


काठमाडौँ – टेस्ला डाईगोनोस्टिक र नबिल बैंकबीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक , कर्मचारी र कर्मचारी निकट परिवारले क्लिनिकका विभिन्न सेवामा बिशेष सहुलियत प्राप्त गर्ने भएका छन् । 
बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंकतर्फ प्रमुख कार्ड शाखा सनत पौडेलले हस्ताक्षर गरे । 
सम्झौता संगै अब नबिल बैंकका सेवाग्राहीले क्लिनिक सेवामा बिशेष सहुलियत प्राप्त गर्नेछन् भने यस बाहेक बैंकको स्वास्थ्य सचेतनामा क्लिनिकले सहकार्य गर्ने भएको छ । 
बालुवाटारमा अवस्थित क्लिनिकमा सुलभ खर्चमा स्तरीय सेवा प्राप्त गर्न सकिने र स्वास्थ क्षेत्र उदारानिय सेवा परिस्कृत गर्ने उद्धेश्यले स्थापित क्लिनिकले देशको ठुलो जनसंख्या समेटेको नबिल बैंक संग सहकार्य गरेको हो ।
नबिल बैंकले ११८ वटा शाखाहरु, १७६ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: