×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल पुनर्बिमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपिओ बिक्री खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

काठमाडौं – नेपाल पुनर्बिमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपिओ आज (चैत्र ४ गते)देखि बिक्री खुल्ला भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँको दरले १ अर्ब ६० करोड बराबरको आइपिओ जारी गरेको हो । कम्पनीले जारी गरेको आइपिओमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीहरुको लागि, ८ लाख कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याएको छ भने बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 
यसमा बिक्री प्रवन्धकको काम आरबिबि मर्चेन्ट बैकिंगले गर्नेछन् । लगानीकर्ताहरुले सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फतबाट आवेदन दिन सकिने छ । लगानीकर्ताले यस आइपिओमा चैत्र ७ गतेभित्रसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले निर्धारण गरेको समयसम्म सबै आइपिओ बिक्री नभएमा बाँकी रहेको सेयरमा चैत्र १८ गतेसम्म आवेदन दिन सक्नेछन् । 
हाल कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रहेको छ भने उक्त आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्ने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: