×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल टेलिकमद्वारा ग्राहकलाई विल भुक्तानीमा सहज, विल नतिरेपनि जरिवाना नलाग्ने !

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई विल भुक्तानीमा सहज बनाएको छ । कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण नेपाल टेलिकमले पनि आफ्ना ग्राहकलाई विल भुक्तानीमा सहज बनाएको छ । 
नेपाल टेलिकमका अनुसार पूर्ण लकडाउन मार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू ग्राहकवर्गलाई निरन्तर उपलब्ध गराउन यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरको लागि थप गर्ने निर्णय भएको हो । साथै कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: