×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको त्रास : नेपाल मात्र होइन विश्वनै यसरी हुँदैछ सुनसान, १२ तस्विरमा हेर्नुहोस्…!

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ चैत्र २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

कोरोनाको त्रास : नेपाल मात्र होइन विश्वनै यसरी हुँदैछ सुनसान, १२ तस्विरमा हेर्नुहोस्…!

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९)को त्रासले अहिले विश्‍व शुनसान बनको छ । चीनबाट सुरु भएर विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको सन्त्रासले विश्वको मुख्य र मानिसहरूको अत्याधिक भिडभाड हुने ठाउँ शून्यप्राय: छन् ।
मुस्लिम धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल मक्का मदिना मानवविहीन बनेको छ। त्यसैगरी युरोपियन देशहरूका पर्यटकीयस्थलहरू ठप्प छन् । रेलमा यात्रुहरूको संख्यामा उल्लेख्य मात्र घटेको छ। सडक पनि सवारीविहीन बनेका छन् । कोरोनाको त्रासले संसारभरका प्रमुख स्थलहरूमा मानिसहरू देखिन छाडेका छन् । पछिल्लो तथ्यांक अनुसार, चीनमा २०१९ को डिसेम्बर ३१ मा देखिएको कोरोना भाइरस अहिलेसम्म १५२ वटा मुलुकमा देखा परेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको दृष्टिले ४६ वटा मुलुक प्रभावित छन् । अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर ५ हजार ८ सय ४५ जनाको मृत्यु भएको छ । १ लाख ५६ हजार व्यक्तिमा संक्रमण भएको, ७५ हजार ९ सय ३७ जना उपचारपछि घर फर्किएको तथा ७४ हजार ९ सय ९० जना अहिले पनि संक्रमित अवस्थामा नै रहेका छन् । 
आज मात्रै थप २२ जना संक्रमणबाट मृत्यु भएको र सबैभन्दा धेरै १० जना चिनियाँ रहेका छन् । त्यस्तै, ७७१ जना नयाँ संक्रमित भेटिएकोमा सबैभन्दा धेरै अमेरिकामा १०२ जना र दक्षिण कोरियामा ७६ जना छन् । कोरोना संक्रमणबाट इरानका ५५ वर्षीय सांसद पोतेमेयर रबाकको मृत्यु भएको छ । क्यानडाका प्रधानमन्त्रीको श्रीमती, अस्ट्रेलियाका गृहमन्त्री, बेलायतका स्वास्थ्यमन्त्री, इरानका उपराष्ट्रपति र स्वास्थ्यराज्यमन्त्रीमा कोरोना संक्रमण देखिएको छ । यता, मंगोलियका राष्ट्रपति चीन भ्रमणपछि १४ दिनसम्म होम क्‍वारेन्टाइनमा बसेका छन् । -एजेन्सी 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: