×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सरकारी कर्मचारीको चैत्र महिनाको तलब घटेर आउने, घटेको तलब कोरोना उपचार कोषमा !

काठमाडौं – सरकारी कर्मचारीहरुको चैत महिनाको तलब घटेर आउने भएको छ । चैत्र ११ गते बसेको   मन्त्रिपरिषदको बैठकले सरकारी निजामति कर्मचारीहरुको तलव कट्टा गरी सिधैं ‘कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’मा जम्मा गर्ने निर्णय गरेको हो ।
सो निर्णय अनुसार विशिष्ट र प्रथम श्रेणीको कर्मचारीको सुरु तलव स्केलको ७ दिनको तलब बराबर रकम, द्धितिय र तृतिय श्रेणीका कर्मचारीहरुको सुरु तलव स्केलको पाँच दिनको तलव बराबरको रकम र राप अनंकित र श्रेणी विहिनहरुका लागि सुरु तलव स्केलको तीन दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: