नेपालमा कोरोनाको स्थिति लगायतका विवरणबारे स्वास्थ्य मन्त्रालयको ताजा पत्रकार सम्मेलन हेर्नुहोस् (भिडियो)

कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी महिला आएको जहाजमा रहेका व्यक्तिहरुको पहिचान भइसकेको सरकारले जनाएको छ । 

मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले कोरोना भाइरस पोजेटिभ रहेकी महिला आएको जहाजमा रहेका सबैको पहिचान भएको बताउनुभएको हो । संक्रमित महिलासँग घरमा रहदा सम्पर्कमा रहने सबैलाई क्वारेन्टाइनमा पठाइसकेको समेत उहाँले बताउनुभयो । जहाजमा संगै आउने व्यक्तिहरुलाई भने सेल्फ क्वारेन्टाइनमा बस्न सजग गराइएको उहाँले बताउनुभयो । त्यस्तै अहिले सम्म ६ सय १०वटा नमुना परिक्षण भएकोमा २ वटाबाहेक नयाँमा संक्रमण भएको नपाइएको उहाँले बताउनुभयो । कोरोना संक्रमण भएको १ जना र आशंका गरिएका अन्य १५ जना सहित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा १६ जना बिरामी रहेको उहाँले बताउनुभयो । त्यसमध्ये १० जना क्वारेन्टाइनमा छन भने ५ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै सरकारले यसअघि विदेशबाट आएका वा तीनका नजिकका व्यक्तिहरुको मात्र परिक्षण हुने गरेकोमा त्यसको दायरा बढाई संक्रमणको लक्षण मिलेका ६० वर्ष उमेर नाघेका बिरामी, स्वास्थ्यकर्मिहरु, दिर्घरोगिहरु र सघन उपचार कक्षमा रहेकामा फ्ल्लुको लक्षण देखिएका बिरामीको समेत नमुना संकलन गरी परिक्षण सुरु गरेको छ ।

त्यस्तै अन्य अस्पतालहरुमा कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएका विरामी आएमा फिभर क्लिनिक सञ्चालन गरी अस्पतालले आइसोलेसनमा राख्नु पर्ने र कोरोना परिक्षणका लागि नमुना पठाउनुपर्ने व्यवस्था गरिएको समेत देवकोटाले बताउनुभयो । उहाँले विरामीलाई रिफर नगरीकन नमुना पठाउन मात्र अनुरोध गरिएको बताउनुभयो । उहाँले विदेशबाट आएकाहरु सेल्फ क्वारेन्टाइनमा नबसी आफुखुसी बस्न थालेकाले देशभर लकडाउन गर्नुपरेको समेत बताउनुभयो ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामा अहिले सम्म रहेका स्वास्थ्य सामग्रीहरुमा पिपिइ सेट ३ सय ५८ वटा, गाउन १ हजार ४ सय ५६, फेस मास्क १ हजार ५ सय ७८, सेनिटाइजर ७७, पंजा, १ हजार ५ सय ९३, एन ९५ मास्क २४, चस्मा ४ सय ८०, आइआर थर्मोमिटर ४, सुकभर १ हजार १ सय ६२ र फेस फिल्ड २ सय ३५ वटा छन् । यसबाहेक विभिन्न संक्रमणको जोखिम रहेका क्षेत्रहरुमा वितरण गर्न राखिएको फेस मास्क २ लाख ७२ हजार ४ सय २० वटा रहेको छ ।
प्रकाशित मिति : Tuesday, March 24, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal