×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘अत्यावश्यक’ भनिएको बैंकिङ सेवा लिन काउन्टरसम्म खासै कोहि आएनन्, कर्मचारीलाई ‘फोकटको दु:ख’ मात्रै !

काठमाडौं ।  सिमित समयका लागि बैंकका शाखा कार्यालय खुल्ला भएपनि सेवा लिने ग्राहकहरु भने सुन्य प्राय: देखिएका छन् । देश लकडाउन भइरहेका बेला सर्वसाधारणलाइ नगदको समस्या पर्न सक्ने भन्दै बैंकहरुले सिमित समयका लागि शाखा कार्यालय खोलेका थिए । तर अत्यावश्यक भनिएको यो सेवालाई ग्राहकले बहिष्कार जस्तै गरेका छन् । 
नेपाल बैंकर्स संघ बैंकहरुले निश्चित क्षेत्रका शाखाहरु २ घन्टा अर्थात बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म खोल्ने जनाएको थियो । तर यसले तल्लो तहका कर्मचारीहरुलाई फोकटको दुख मात्र भएको छ । कारोबार लगभग ठप्प हुँदा पैसा डिपोजिट गर्न आउनेको संख्या लगभग सून्य छ ।
यसअघिनै बैंक तथा वित्तीय संस्थाहरुले जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने व्यवस्था गरिसकेका छन् । साथै संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था निर्णय गरेको हो । यस्तै संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क नलाग्ने निर्णय पनि गरेको छ । 
शुक्रबार बिहान बसेको संघको बैठकले बैंकहरुमा ग्राहकको भिड कम गर्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय समेत गरेको छ । संघले ग्राहकहरुलाई सकेसम्म विद्युतिय माध्यमबाटै बैंकिङ कारोबार गर्न आग्रहसमेत गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: