×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘कोभिड-१९’बाट बच्न तिलोत्तमा नगरपालिकाद्वारा १ करोडको प्रकोप व्यवस्थापन कोष स्थापना !

बुटवल । कोरोना भाइरस (कोभिड-१९)बाट बच्नका लागि तिलोत्तमा नगरपालिकाले १ करोड रुपैयाँको प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकाले प्रकोप व्यवस्थापन कोषमा रहेको ८० लाख रुपैयाँ र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा रहेको २० लाख थपेर एक करोडको कोष स्थापना गरिएको जनाएको छ ।
प्रकोप व्यवस्थापन कोषमा नगरप्रमुख वासुदेव घिमिरेले ५० हजार रुपैंयाँ सहायोय गरेका छन् भने उपप्रमुख जागेश्वरदेवी चौधरीले १० हजार सहयोग गरेका छन् । साथै कोषमा नगरपालिकामा कार्यरत करिब दुई सय जना कर्मचारी र पाँच सय जना शिक्षकहरुले तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको छ । नगरप्रमुख घिमिरेले दिएको जानकारी अनुसार कर्मचारी, शिक्षकको तलब जम्मा हुँदा र उद्योगी–व्यवसायीको सहयोगपछि प्रकोप व्यवस्थापन कोष एक करोडभन्दा माथि पुग्नेछ ।
तिलोत्तमा नगरपालिकाले लकडाउनबाट समस्यामा रहेका परिवारलाई पहिलो चरणमा १० किलो चामल, २ किलो दाल र १ किलो नुन दिने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोन भाइरसलाई ध्यानमा राख्दै तिलोत्तमा नगरपालिका वडा नं. १ स्थित शंकरनगर दुर्गादत्त माविमा क्वारेन्टाइन सञ्चालन गरेको छ । उक्त स्थानमा हाल १९ जना बसिरहेका छन् भने ५० जनासम्म बस्न मिल्ने गरी तयारी भईरहेको स्वास्थ्य शाखाले जनाएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: