×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कर्मचारीहरुलाई दिन बिराएर विदा दिने बैंकहरुको आन्तरिक तयारी, कहिलेदेखि लागु हुन्छ ?


काठमाडौँ । वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीहरुलाई ‘अल्टरनेट डे’मा विदा  दिने तयारी गरेका छन् । एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले दिएको जानकारी अनुसार बैंकर्स संघमै छलफल गरेर बैंकहरुले यस्तो तयारी गरेका हुन् ।

‘बैंकहरुमा कारोबार निकै घटेको छ । राष्ट्र बैंकले पनि परिस्थिति के हुन्छ, हेरौं भनेको थियो । अवको परिस्थिति अनुसार बैंकरहरुलाई अल्टरनेट डे’ पारेर बिदा दिने तयारी गरेका छौं । हाम्रो बैंकमात्र होइन अधिकांस बैंकहरुमा त्यहि तयारी छ ।’ ती सीइओले भने ।

अत्यावश्यक सेवा भएका कारण बैंकहरुलाई बिदा नदिनेगरी राष्ट्र बैंकले सूचना निकालेपछि बैंकहरुले आन्तरिक रुपमा यस्तो तयारी गरेका हुन् । 

दिन बिराएर बिदा दिने काम कहिलेबाट सुरु हुन्छ ?
‘मंगलबार त घोडेजात्राकै बिदा छ । बुधबार सबैसँग फेरी छलफल गरेर निस्कर्षमा पुग्छौं ।’ ती सीइओले भने, ‘यो योजनाभन्दा पनि बढी आवश्यकता भइसक्यो । काठमाडौँमा नै कोरोनाका संक्रमित भेटिसकेको अवस्थामा, यो स्थितिलाई अलि गम्भीर भएर हेर्नुपर्छ ।’       

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: