Breaking : लम्बियो 'लकडाउन', औपचारिक निर्णय गर्न ४ बजे मन्त्रीपरिषद् बैठक !

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण  रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन लम्ब्याएको छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार विहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन एक हप्ताको लागि लकडाउन  अवधि थप्न लागिएको एक मन्त्रीले जानकारी दिएका छन् । औपचारिक निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे बैठक बोलाएका छन् ।
प्रकाशित मिति : Sunday, March 29, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal