बैंकबाट निकाल्नेबित्तिकै लुटियो ९ लाख !

काठमाडौँ - शुक्रबार चितवनमा ९ लाख रुपैयाँ लुटपाट भएको छ। पूर्वी चितवनको खैरहनीमा गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण घर्तीको ९ लाख रुपैयाँ लुटिएको हो। घर्तीले उक्त रकम भरतपुरको एक बैंकबाट निकालेका थिए । घर्तीका अनुसार खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै अनिल राई नामका व्यक्तिले बोलाएको र उनैले पैसा लुटेको घर्तीले बताएका छन्।

राईले जग्गा बैना गर्ने भनी मालपोत कार्यालय बोलाएको र पछि फेरि मगनी चोकबाट दुई सय मिटरभित्र बोलाएर लुटेको प्रहरीले जनाएको छ । राईले पैसा भएको झोला लिएर मोटरसाइकलमा भागेको प्रहरीले जानकारी दिएको छ  । उनको खोजीकार्य भइरहेको छ । 
प्रकाशित मिति : Friday, March 13, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal