×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘लक डाउन एक हप्ता थप्ने कि १५ दिन ?’ मन्त्रीहरुबीच नै मत बाझियो, कस्तो आउला निर्णय ?

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन लम्ब्याएको छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार विहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन एक हप्ताको लागि लकडाउन अवधि थप्न लागिएको एक मन्त्रीले जानकारी दिएका छन् । औपचारिक निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे बैठक बोलाएका छन् ।
यद्यपी लकडाउनको समय ७ दिन थप्ने कि १५ दिन भन्ने विषयमा भने मन्त्रीहरुकै मत बाझिएको खुलेको छ  ‘मैले एकैपटक १५ दिन बन्द गरौँ भनेको, केहि मन्त्रीले होइन पहिला ७ दिन थपौं अनि सोचौंला भन्नुभएको छ । अब प्रधानमन्त्रीले जे भन्नुहुन्छ, त्यहि हुन्छ’ एक मन्त्रीले अर्थ सरोकारसँग भने । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: