×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोनाको त्रासका कारण शुक्रबार ६८ हजार बढीले उपत्यका छाडे (भिडियो रिपोर्ट)

काठमाडौँ – कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उपत्यका छाड्नेहरुको संख्या बढेको छ । शुक्रबार दिउँसोसम्म मात्रै ६८ हजार बढीले उपत्यका छाडेका छन् । महानगरिय ट्राफिक प्रहरीक कार्यालयका अनुसार शुक्रबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म उपत्यकाबाट ६८ हजार २ सय २५ जनाले उपत्यका छाडेका छन् । सो अवधिमा ११ हजार ६ सय ९० गाडी उपत्यकाबाट बाहिरिएका छन् ।
महानगरिय ट्राफिक प्रहरी माहाशाखाका प्रमुख भीम ढकालका अनुसार शुक्रबार सोही समयमा २६ हजार ३ सय ९१ जना यात्रु उपत्यका भित्रिएका छन् । बिहीबार उपत्यकाबाट १ लाख ८४ हजार ५८ जना उपत्यकाबाट बाहिरिएका थिए । प्रमुख ढकालले उपत्यका छोडेर जानेहरुको संख्या बढीरहेको बताउनुभएको छ । बुधबार ९५ हजार २ सय ४७ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए ।
शुक्रबार १२ बजेसम्म नागढंगा नाकाबाट १८ हजार २ सय ६५, भक्तपुरबाट ४७ हजार ४ सय १०, मुड्खुबाट ५ सय ५० र भक्तपुरबाट २ हजार यात्रु बाहिरिएका छन् । सरकारले शैक्षिक संस्था, तथा चैत महिनामा हुने सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेपछि उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको हो । टिकटका लागि बसपार्क पुगेका कतिपय यात्रुहरुले टिकट नै नपाएको गुनासो गरेका छन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: