×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोनाबारे परामर्श टेलिफोनबाटै परामर्श लिन सकिने (चिकित्सककाे मोबाइल नम्बरसहित)

काठमाण्डौ । नेपाल चिकित्सक संघले कोरोनाभाइरस संक्रमणसँग सम्बन्धित परापर्श टेलिफोनबाटै सेवा दिने भएको छ । संघले आमसर्वसाधारणलाई कोरोना भाइरससँग सम्बन्धित परामर्शका लागि विशेषज्ञ चिकित्सकलाई सम्पर्क गरी परामर्श लिन सम्बन्धित विशेषज्ञ चिकित्सकहरूको टेलिफोन नम्बर सार्वजनिक गरेको हो । 
संघका अनुसार भाइरसको संक्रमण देखिएको आशंका, ज्वरो आएमा वा अन्य समस्या देखिएकामा सम्पर्कका लागि तोकिएको समयमा सर्वसाधारणले उपलब्ध नम्बरमा चिकित्सकसँग सम्पर्क गरी समस्याबारे परामर्श लिन सक्नेछन् ।
 संघले नागरिकलाई आकस्मिक अवस्थामा बाहेक स्वास्थ्यसंस्था तथा अन्य भीडभाड हुने स्थलमा नजान र घरमै सुरक्षित रुपमा रहन सर्वसाधारणलाई आग्रह पनि गरेको छ। संघले सार्वजनिक गरेको चिकित्सकहरूको फोन नम्बरहरू यस प्रकार रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: