हिमालय बैंकको उदारणाीय काम, कोरोना उपचार कोषलाई एक करोड २५ लाख सहयोग

काठमाडाैं । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा हिमालयन बैंकले एक करोड २५ लाख प्रदान गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारबाट स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

बैंकले महामारीबाट बच्न कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका साथै चिकित्सक तथा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिको सुरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्न देश र जनताप्रतिको आफ्नो दायित्वलाई मनन गर्दै उक्त सहयोग गरेको जनाएको छ ।
प्रकाशित मिति : Friday, March 27, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal