ठिक कि बेठिक ? लकडाउनका बेला साइकल चलाएको भन्दै प्रहरीले १२ जनालाई ‘कुखुरा’ बनायो !

सुनसरी । लकडाउनको उल्लंघन गर्दै साइकल चलाएको भन्दै प्रहरीले १२ जनालाई ‘कुखुरा' बनाएको छ । भैरहवाको देवकोटा चोकबाट पवन मिष्ठान्न भण्डार जाने सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई ‘कुखुरा' बनाएका हुन् ।

प्रहरीले मोटरसाइकल र अन्य चारपांङ्ग्रे सवारी साधनलाई कारवाही नगरेको तर साइकलयात्रीलाई ‘कुखुरा’ बनाएर बहादुरी देखाएको स्थानीय व्यवसायी किस्मत विकले बताए । उनले साइकल चलाउनेलाई मात्र कारवाही गरिएकोसमेत दुखेसो पोखे । यता जिल्ला प्रहरी प्रमुख एसपी हेमकुमार थापाले आफ्ना प्रहरीले यस्तो काम नगरेको दाबी गरे । 
प्रकाशित मिति : Wednesday, March 25, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal