×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्स्योरेन्सको घोषणा, `इमेल पठाउने बीमितको बीमा लेख नविकरण´


काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले इमेल पठाउने बीमितहरुको बीमालेख नविकरण गरिदिने घोषणा गरेको छ । बीमा समितिले चैत १३ गते दिएको निर्देशन अनुसार कम्पनीले इमेल पठाउने बीमितहरुको बीमालेख नविकरण गरिदिने निर्णय गरेको डेपुटी सिइओ बिक्रान्त पाण्डेले बताए ।
कम्पनीले आफ्ना बीमितहरुलाई बीमालेखको अवधी सकिनु अघि नै इमेल पठाउन अनुरोध पनि गरेको छ । उनले सम्बन्धित शाखा वा केन्द्रिय कार्यालयमा इमेल पठाउन अनुरोध पनि गरे । कोरोना भाइरसको सम्भावित संक्रमणका कारण बीमा कम्पनीका शाखाहरु बन्द गरिएका छन् ।
बीमा समितिले विद्युतिय माध्यमबाट बीमा शुल्क भुक्तानी गर्न अनुरोध गर्दै आएको छ । साथै, कोरोनाको त्रास अवधीमा म्याद सकिने बीमालेखहरुका हकमा बीमितले इमेल लेखेर नविकरण गर्न सक्ने व्यवस्था गर्न भनेको थियो । नेपाल इन्स्योरेन्सले लक डाउन अवधीमा बीमा सेवा लिनका लागि आफ्ना सम्पर्क व्यक्तिहरु समेत तोकिसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: