×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोनाको प्रभाव पर्यटन क्षेत्रमा, रक्षामन्त्री पोखरेल भन्छन् ‘पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई दिनुहोस्’ (भिडियो रिपोर्ट)

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले नोभल कोरोना भाइरस (कोभिड–१९)का कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण नदखिएपनि पर्यटन क्षेत्रमा समस्या देखा परेको गुनासो पर्यटन व्यवसायीहरुले गरेपछि उपप्रधानमन्त्री पोखरेलले आफ्ना समस्याहरु स्पस्टसँग राख्न आग्रह गर्नुभएको हो । उहाँले भावनात्मक रुपमा भन्दा पनि प्राथमिकताका आधारमा पर्यटन व्यवसायमा परेका समस्याहरु पर्यटन मन्त्रालयसँगको सहकार्यमा सरकारलाई उपलब्ध गराउन आग्रह गर्नुभएको हो । उहाँले सरकारले व्यवसायीहरुलाई सक्दो सहयोग गर्ने आश्वासन दिदै व्यवसायीहरुपनि इमान्दार भएर समस्याको समाधान गर्न सहयोग गर्नुपर्ने बताउनुभयो ।
होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले होटल व्यवसायीहरुले बैंकको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था आएको बताउनुभयो । उहाँले अहिले बैंक कर्जा करिब एक अर्ब रहेको र होटलको अकुपेन्सि रेट १० प्रतिशतमा झरेकाले बैंकको किस्ता तिर्न नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले होटल संघ नेपालमा आवद्ध भएका होटलहरुले मासिक १ अर्ब ८० करोड रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको बताउनुभयो । 
वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेस्वर थापाले तीन क्याटागोरीको एयरलाइन्स रहेकोमा सबैभन्दा बढी हेलिकोप्टर व्यवसायको बिजनेस घटेको बटाउनुभयो । उहाँले हेलिकोप्टर व्यवसायमा ९० प्रतिशत, सर्ट टेकअफ स्टलमा ६० प्रतिशत र ट्रंकरुटमा २० प्रतिशत सम्मको बिजनेस घटेको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले धेरैजसो एयरलाइन्सले उडान रद्ध गरेको र एयर टिकेटहरु समेत रिफण्ड गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले पर्यटन व्यवसायीहरुले तिर्नुपर्ने करमा ५० प्रतिशत छुट दिन अथवा करमा लाग्ने जरिमाना नलगाइदिन पहल गर्न बोर्डलाई आग्रह गरिरहेको बताउनुभयो ।
नोभल कोरोना भाइरसको संक्रमण विश्वभर फेलिएपछि नेपालको अर्थतन्त्रमा पनि प्रभाव पारेको छ । व्यवसायीहरुले छोटो सयमा देखिएको संकटले व्यवसायीक क्षेत्रमा एक दुई वर्षसम्म असर पार्न सक्ने भन्दै सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । हेर्नुहोस् भिडियो : 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: