राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको उदाहरणीय काम ! कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ करोड ५० लाख सहयोग !

सिन्धुलीकाठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ करोड ५० लाख सहयोग गर्ने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ करोड ५० लाख सहयोग गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड-१९) महामारीका रुपमा फैलिएपछी सरकारले कोरोना रोकथाम तथा नियन्त्रण स्थापना गरेको थियो । सोही अनुसार बैंकले उक्त रकम सहयोग गर्न लागेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको रकम कोरोना कोषका लागि उपलब्ध गराएको हो । 

सरकारले राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार परिसरमा रहेको शाखामा १९६०००००११०१ नम्बरको खाता खोलेको छ । सोही खातामा सहयोग रकम उपलब्ध गराउन सरकारले आव्हान गरेको हो ।
प्रकाशित मिति : Tuesday, March 24, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal