×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले गरिन् एक महिनाको तलब कोरोना नियन्त्रण तथा उपचार कोषमा जम्मा

काठमाडौं – राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले आफ्नो एक महिना तलब कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिदिएकी छिन् । सरकारले स्थापना गरेको उक्त कोषमा उपाध्यक्ष दाहालले एक महिना तलब जम्मा गरिदिएकी हुन् ।
उनले संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई आफ्नो सरकारी सुविधाबाट प्राप्त एक महिनाको तलब कोषमा जम्मा गर्न निर्देशन दिएकी हुन् । यस्तै उनले सरकारको निर्देशनको पालना गर्दै घरमै सुरक्षित बस्न पनि सबैसामु अपील गरेकी छिन् । कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि सरकारले राष्ट्रिय वाणिज्य बैंक सिंहदरवार शाखाको खाता नम्बर १९६०००००११०१ मा उपचार कोष स्थापना गर्दै रकम जम्मा गर्न अपिल गरेको छ ।
साथै उपाध्यक्ष दाहालले कोरोना भाइरसको संक्रमण जोखिम नेपालमा पनि रहेकाले संक्रमणबाट आतङ्कित नभई सावधानी अपनाउन आग्रहसमेत गरेकी छिन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: