×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विपद्को घडीमा नेपाल धितोपत्र बोर्डको उदाहरणीय काम ! कोरोनाविरुद्ध लड्न ५० लाख रुपैयाँ सहयोग…

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पनि कोरोना कोषलाइ ५० लाख रुपैयाँ दिने भएको छ । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा बोर्डले पनि ५० लाख रुपैयाँ सहयोग गरिने निर्णय गरेको हो ।
सरकारले सरकारी, गैरसरकारी तथा निजी संस्थाहरु सहयोग गर्न आग्रह गरेसँगै बोर्डले सरकारको आग्रहलाइ ध्यानमा राख्दै उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । साथै सरकारले यस घडीमा चालेको रोग नियन्त्रणको अभियानमा आ–आफ्नो तर्फबाट समेत सहयोग पु¥याउन पुँजीबजारका सबै सहभागी नेप्से, सीडीएसी, क्रेडिट रेटिङ संस्थाहरू, मर्चेन्ट बैंकरहरू, धितोपत्र दलाल व्यवसायी, आस्वा सदस्यहरू तथा सूचीकृत कम्पनीलगायत संस्थालाई सो खातामा सक्दो रकम जम्मा गरी सहयोग गर्न बोर्डले आग्रह गरेको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सरकारले ५० करोड राखिसकेको छ भने मन्त्री तथा सांसदहरुले पनि एक महिनाको तलब योगदान गर्ने घोषणा गरिसकेका छन् । कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि सरकारले राष्ट्रिय वाणिज्य बैंक सिंहदरवार शाखाको खाता नम्बर १९६०००००११०१ मा उपचार कोष स्थापना गर्दै रकम जम्मा गर्न अपिल गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: