×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोनाको असर : ९५ प्रतिशतभन्दा बढि यात्रुहरुले बुकिङ गरेको टिकट रद्द गरे, ट्राभल एजेन्सीको अरवौं रुपैयाँ जोखिममा !


काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपले नेपालको पर्यटन क्षेत्रलाई निकै गाह्रो बनाउने संकेत देखिएको छ । पछिल्लो तथ्यांक अनुसार ९५ प्रतिशतभन्दा बढि यात्रुहरुले नेपाल आउन गरेको टिकट बुकिङ रद्द गरेका छन् भने बुक भएका होटलहरु पनि रद्ध भएका छन् । हवाई यातायात मार्फत नेपाल आउने विदेशी तथा स्वदेशीहरु मध्ये ९५ प्रतिशतभन्दा बढि यात्रुहरुले बुकिङ गरेको टिकट कोरोनाका प्रकोपको डरका कारण रद्द भएको हो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएको छ । कोरोना संक्रमण फैलिन नदिन नेपालले पनि पर्यटक भिसा रोकेको छ भने धेरै संक्रमण फैलिएको देशबाट आएकाहरुले क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ । भिसा नपाउने भएपछि र घुम्न आउँदा क्वारेन्टाइनमा बस्नुपर्ने भएपछि पर्यटकहरुले आफ्नो टिकट बुकीङलाई रद्ध गरेका हुन् । 
 शुक्रबार पनि सुनसान देखिएको पोखरा
अरवौं रुपैयाँ जोखिममा ! 
देशले पर्यटन बर्ष २०२० मनाउन लाग्दै गर्दा कतिपयले ऋण नै लिएर यस क्षेत्रमा पैसा खन्याएका थिए । तर एक्कासी कोरोनाको प्रकोपले व्यवसाय बर्बाद हुँदा ट्राभल एजेन्सीको झण्डै २ अर्ब भन्दा बढी रुपैयाँ जोखिममा परी समस्यामा परेको नेपाल एसोसियसन टुर एण्ट ट्राभलका अधिकारीले बताएका छन् । अन्तराष्ट्रिय टिकटिङको कारोबार ठप्प प्राय हुन थालेको छ । विश्वका १४ वटा मुलुकका २९ वटा एयरलाईन्सले नेपालमा उडान भर्दै आएका छन् भने अहिले ९० प्रतिशतभन्दा बढि उडान रद्द हुन पुगेको छ । 
यता होटलहरु पनि सुनसान छन् । यतिसम्मकि शुक्रबार भरिभराउ हुने पोखरा लगायतका ठाउँहरुमा अहिले विदेशी पर्यटकहरु भेट्न छोडेका छन् । कोरोनाको कहरले यतिसम्म डर भित्र्याएको छ कि ठमेलजस्तो पर्यटकीय क्षेत्रसमेत सुनसान प्राय: छ । यसले नेपालको अर्थतन्त्रलाई नै डामाडोल पार्ने आशंका धेरैले गरेका छन् । एकातर्फ व्यवसायीहरु व्यवसाय नभएर तनाबमा छन् भने अर्कोतर्फ बैंकको ब्याजले उनीहरुलाई नमज्जासँग पिरोलेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: