×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

५ दिनमा यी तीन लक्षण देखिए तत्काल गरौँ कोरोनाको परिक्षण !


काठमाडौं । अहिले कोरोना भाइरसका कारण विश्वनै भयावह बनेको छ । झन्डै २ सय चार मुलुकहरुमा यसको प्रभाव परिसकेको छ । शुक्रबार दिउँसोसम्म यस भाइरसका कारण ५३ हजार भन्दा बढी व्यक्तिहरुके ज्यान गुमाइसकेका छन् । र मृत्यु हुनेको संख्या र न नयाँ संक्रमितको संख्या प्रतिदिन बढ्दै गईरहेको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरसको औषधि कुनै मुलुकले पत्ता लगाउन सकेको छैन । यसबाट बच्ने एउटै उपाय छ सरसफाई गर्नु । कोरोना भाइरस भएमा विभिन्न लक्षणहरु देखा पर्दछन् । जर्नल एनल अफ इन्टरनल मेडिसनका अनुसार ५ दिन भित्र शरीरमा  ३ वटा लक्षण देखा परेमा उक्त भाइरस अत्याधिक फैलिन सक्छ ।
कोरोना भाइरसका तीन वटा लक्षण शुरुवाती पाँच दिनमा देखिएको खण्डमा तत्काल स्वास्थ्य चौकीमा गएर परिक्षण गराउनु आवश्य रहेको जर्नल एनल अफ इन्टरनल मेडिसनले दाबी गरेको छ । 
यी हुन् ३ लक्षण…
१- कोरोना भाइरसको चपेटामा परेका व्यक्तिहरुको शरीरमा शुरुवाती पाँच दिनमा मानिसहरुलाई सुख्खा खोकी आउन लागेमा । 
२- संक्रमितलाई तीव्र ज्वरो र शरीरको तापक्रम अत्याधिक बढ्दा । 
३- सुरुवाती ५ दिन मानिसलाई श्वास फेर्न एकदमै असहज हुँदा । 
यता नेशनल हेल्थ सेन्टर (एनएचएस) र वर्ल्ड हेल्थ अर्गनाइजेशन (डब्ल्युएचओ)ले पनि कोरोना भाइरस भएमा यिनै लक्षण देखा पर्ने दाबी गरेको थियो । शोधकर्ताहरुले यो रिसर्च चीनको वुहान शहर भन्दा बाहिरका बरिव ५० इलाकामा गरेको थियो । हेल्थ एक्सपोर्टले यस शोधपछि मानिसहरुलाई १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्नुपर्ने सल्लाह पनि दिएका छन् ।
रिपोर्टका अनुसार कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण खोकी, ज्वरो, फ्लू, इन्फेक्सन र निमोनियासँग धेरै मिल्दोजुल्दो रहेको बताएका छन् । -एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: