×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अन्तत : काठमाडौँबाट गाउँ फर्कन दिने निर्णय गर्दै सरकार !

काठमाडौं । लकडाउनका कारण सबै भन्दा बढी मर्कामा मजदुरवर्ग परेका छन् । खान, बस्नको ठेगान नभएपछि उनीहरुले हिडेरै भएपछि घर जाने निधो गरेका छन् । यता सरकारले पैदल हिँडेर गाउँ फर्किनेहरुलाई के गर्ने भन्ने छलफल पनि थालेको छ । कोरोना भाइरससम्बन्धी उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकमा यसबारे कुराकानी भएको थियो ।
तर निर्णय गर्नु अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समितिमा रहेका मन्त्रीहरुलाई बोलुवाटार बोलाएका छन् । एक मन्त्रीले भने, ‘प्रदेश र स्थानीय तहसँग समन्वय गरेर के गर्न सकिन्छ भनेर छलफल भएको छ । तर अब प्रधानमन्त्रीले के भन्नुहुन्छ, त्यस आधारमा निर्णय हुन्छ ।’ स्रोतकाअनुसार सरकारले घर जान दिने भनेर घोषणा नगर्ने तर जनप्रतिनिधिहरुसँग समन्वय गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउने विकल्पबारे छलफल भएको छ । तर कुनै निर्णय भएको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: