×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लकडाउनको उल्लङ्घन गर्दै गभर्नरलाई कोरोना सार्न पुगे सनराइज बैंकको ‘अटेरी’ टिम, सवारी पासको चरम दुरुपयोग !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । महाप्रसाद अधिकारी गभर्नर भए । सम्भवत: नेपाल राष्ट्र बैंकले हालसम्मकै उत्कृष्ट गभर्नर पाएको छ । यो सार्है खुसीको कुरा हो । तर उनलाई बधाई दिने नाममा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत र तिनका केहि ‘मुर्ख सेनामेना’ले सरकारी नियमको धज्जी उडाएर सवारी पासकोसमेत दुरुपयोग गरी गभर्नरकहाँ चाकडी गर्न पुगेको खुलासा भएको छ । सरकारले अत्यावश्यक सेवालाई भनेर दिएको पासको दुरुपयोग गर्दै सनराइज बैंकको टिम गभर्नरलाई बधाई दिन पुगेको हो । त्यो पनि घरमै । जवकी यति बेला कसैको घरमा नजानु र कसैको घरमा नआउनु भन्ने उर्दी छ सरकारको ।
कोरोनाको जोखिम !
सनराइज बैंकका सीइओले यतिसम्म लत्तो छोडेका छन् कि उनले विभिन्न सामानहरु विभिन्न संघसंस्थालाई सहयोग गर्ने नाममा कतै मास्कसमेत नलगाई हिंडेका छन् । उनी केहि दिनयता अस्पतालसम्म पुगेका छन् । निकै लापरवाही ढंगले हिंडेका उनीलाई अहिले संक्रमण भएको रहेछ भने गभर्नर लाई सर्दैन ? यो प्रश्न गम्भीर रुपमा उठेको छ । सनराईज बैंकका सीइओ, आरती राणा, र रबिन्द ढकाल गभर्नरलाई बधाई दिन पुगेका छन् । तर न कसैले मास्क लगाएका छन्, न दुरी कायम गरेका छन् । प्रचलित नियम अनुसार उनीहरुले सरकारी नियमको ठाडो उल्लङ्घन गरेका छन् । 
यसतर्फ सबैको ध्यान जान जरुरी छ । सरकारको पासको चरम दुरुपयोग गर्ने माथि कारवाही हुन जरुरी छ । लकडाउन उल्लङ्घन गर्नेलाई १ सय रुपैयाँ जरिवाना र कैदको व्यवस्था छ । उनीहरु पनि यो सजायको भागीदार हुनुपर्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: