×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोना संक्रमणका कारण ललितपुरमा १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५ पुग्यो !

दिल्लीमा कोरोना प्रकोप दिनानुदिन बढ्दै, २४ घन्टामै थपिए ७९२ संक्रमित
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।

अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको छ । यद्यपि, कोरोनाका कारण मृत्यु भएको भनेर औपचारिक घोषणा गर्न भने बाँकी छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: