थप १ बैंकरमा कोरोना संक्रमण पुष्टी, कुल संक्रमित संख्या ९०१ पुग्यो !

दिल्लीमा कोरोना प्रकोप दिनानुदिन बढ्दै, २४ घन्टामै थपिए ७९२ संक्रमित
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ ।

नेपालमा बुधबार संक्रमण देखिएकामध्ये पुरुष ८०५ र महिला ९६ रहेका छन् । 

यता नेपालमा थप १ बैंकरलाई कोरोना पुष्टी भएको खुलासा भएको छ । उनी कुन बैंकका थिए भन्ने तथ्यसहित थप जानकारी प्राप्त गर्न अर्थ सरोकारले प्रयास गरिरहेको छ ।  यसअघि कृषि बिकास बैंकका कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । उनी हाल आइसोलेसनमा छन् ।  
प्रकाशित मिति : Wednesday, May 27, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal