सिडिओदेखि जर्नेलसम्म संक्रमित भएपछि त्रासमा कर्मचारी र सुरक्षाकर्मी !

कास्की
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा पछिल्लो समय कर्मचारी र सुरक्षाकर्मी पनि कोरोना संक्रमण भएको पुष्टी भएको छ । संक्रमित हुनेको संख्या पनि बढिरहेको छ । सोहि क्रममा धनुषाका सिडिओ पनि संक्रमित भएका छन् । उनको हालै कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो ।

यसअघि नेपाली सेनाका एकजना जर्नेल संक्रमित भेटिएका थिए । पृतनापति रहेका उनी संक्रमित भेटिएको खुलेको थियो । सेना, प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर समेत संक्रमित हुन थालेका छन् । सबैभन्दा बढी जोखिममा प्रहरी र सेना परेका छन् । यसअघि स्वास्थ्यकर्मी र पत्रकारहरु संक्रमित भेटिएका थिए । बिहिबार  नेपालमा संक्रमितको संख्या एक हजार नाघ्यो । जसकारण अब नेपालमा पनि उक्त भाइरसले डरलाग्दो रुप लिनसक्ने त्रास बढेको छ ।
प्रकाशित मिति : Friday, May 29, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal