×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शुक्रबार कोरोना पुष्टी भएका सुदूरपश्चिमका पाँचै संक्रमितलाई सेती प्रादेशिक अस्पताल ल्याइँदै !

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । शुक्रबार फेला परेका सुदूरपश्चिमका पाँचै संक्रमितलाई सेती प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको छ । संक्रमित सबैलाई अस्पताल ल्याउने तयारी भइरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका हुन् । 
शुक्रबार कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ बर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ बर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
साथै उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजीकार्य पनि भईरहेको छ । झन्डै ४० दिनपछि सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका नयाँ संक्रमित भेटिएका हुन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: