×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘निको हुनेको संख्या ८७ पुग्यो, आज मात्रै १७ जना घर फर्किए’ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा कोरोनालाई जित्नेको संख्या ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना निको हुनेको संख्या ८७ पुगेको बताएका हुन् । पर्साको नारायणी अस्पतालबाट कोरोना संक्रमण देखिएका उपचारर सात जना डिस्चार्ज भएका छन् । जसमा बारा, पर्सा र रौतहतका कोरोना संक्रमण देखिएका निको भएका हुन् ।
यस्तै बुटवलका धागो कारखानामा रहेका १० संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता देवकोटका अनुसार आज थप १७ जना निको भएर घर फर्किएका हुन् । हालसम्म कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । नेपालमा कोरोना भाइरसबाट तीनजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: