×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबारबाट खुल्यो कर्मचारी सञ्चय कोष, लकडाउनका बेला विशेष सापटी लिने व्यवस्था, यस्तो छ सापटी लिने प्रक्रिया !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

आइतबारबाट खुल्यो कर्मचारी सञ्चय कोष, लकडाउनका बेला विशेष सापटी लिने व्यवस्था, यस्तो छ सापटी लिने प्रक्रिया !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै आए पनि आइतबारदेखि अनलाइनमार्फत विशेष सापटी सेवा सञ्चालन गर्ने तयारी गरिएको कोषले विज्ञप्तिमार्फत जनाकारी दिएको छ । 
‘लकडाउनका कारण यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै घर तथा कार्यालयमै बसेर सरल, सहज र प्रभावकारीरूपमा सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अनलाइन विशेष सापटी सेवा शुरु गरिएको हो’ कोषद्वारा जारी विज्ञप्तिमा भनिएको छ । हाललाई यो सेवा विशेष सापटी लिन योग्यता पुगेका र केवाइसी अपडेट गरेका सञ्चयकर्ताले प्राप्त गर्न सक्नेछन । 
त्यसका लागि सञ्चयकर्ताले कोषको वेभसाइटमा गइ प्राप्त निर्देशनअनुसार अनलाइन फाराम भरी सोसँगै विशेष सापटीको आवेदन फाराम भरी स्क्यान कपी अपलोड गरेर पठाउनुपर्ने हुन्छ । कोषले उक्त आवेदन फारामलाई रुजु गर्छ र सो गरिसकेपछि सम्बन्धित सञ्चयकर्ताको बैंक खातामै रकम जम्मा गरिदिनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: