×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कोरोना संक्रमित एनआइसी एशिया बैंक पुगेको पुष्टी भएपछि कर्मचारीलाई आइसोलेसनमा राखियो, के छ अवस्था ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनआइसी एशिया बैंकको बाराको जितपुर शाखाबाट जितपुरमा कोरोना संक्रमण पुष्टी भएका व्यक्तिले नगद लिएर गएको पुष्टी भएपछि नीजलाई नगद दिने टेलरका सो कर्मचारीलाई आइसोलेसनमा लगिएको खुलासा भएको छ । जितपुरमा भेटिएका कोरोना संक्रमित चेक साट्न एनआइसी एशिया बैंक गएको र नगद लिएको प्रमाणित भएपछि स्थानीय प्रशासन बैंकमा पुगी कर्मचारीहरुलाई लिएर आइसोलेसनमा लगेको खुलासा भएको हो । ती कर्मचारीसहित अन्यकोसमेत कोरोना परिक्षण गरिएको छ । यद्यपी रिपोर्ट आइसकेको छैन । जितपुरका एक कोरोना संक्रमित बैंक आएको पुष्टी भएपछि बैंक पुगेका अन्य ग्राहकहरु पनि त्राहिमाम भएका छन् ।

बैंकका एचआर प्रमुख कैलाश गौतमले कोरोना संक्रमित आफ्नो बैंकमा आएको पत्ता लागेपछि प्रशासन आएर बैंकको सिसिटिभी हेरेको र सीसी टिभीमा नीज संक्रमितलाई कर्मचारीले पैसा दिएको प्रमाणित भएपछि ती कर्मचारीलाई आइसोलेसनमा लगेको पुष्टी गरेका छन् । ‘कोरोना संक्रमित बैंक आएको पुष्टी भयो । त्यसपछि प्रशासनले बैंकमा आएर सीसीटिभी हेर्यो । सीसीटिभीमा हाम्रा कर्मचारीले उनलाई नगद दिएको देखियो । त्यसपछि ती कर्मचारीलाई प्रशासनकै सल्लाहमा आइसोलेसनमा राखिएको छ । बैंकका एचआर प्रमुख गौतमले अर्थ सरोकार डटकमसँग भने, ‘अन्य कर्मचारीको पनि कोरोना परिक्षण गरिएको छ तर रिपोर्ट आइसकेको छैन ।’ 

https://arthasarokar.com/2020/05/Bank-8.html

https://arthasarokar.com/2020/05/Laxmi-Bank.html
अधिकांस शाखामा एनआइसी एशिया बैंकको चरम लापरवाही ! बाराका कर्मचारीको के छ अवस्था ?
एनआइसी एशिया बैंकका अधिकांस शाखामा यतिसम्म लापरवाही भएको छ कि बैंकका विभिन्न शाखाहरुमा न दुरी कायम भएको छ, न स्वास्थ्य सुरक्षालाई नै ध्यान दिइएको छ । शुक्रबार काठमाडौँमा खोलिएका अधिकांस शाखामा पनि दुरी कायम गरेको देखिको छैन । उदाहरणका लागि माथिको दृश्य शुक्रबार नयाँ बानेश्वर शाखाको हो । ग्राहकलाई अफ्ट्यारो पर्दासमेत बैंकका जिम्मेवार अधिकारीहरुले फोन नउठाएको पाइएको छ । ग्राहकको गुनासो भेरिफाइ गर्दा आइतबार नयाँ बानेश्वर शाखाका ब्रान्च मेनेजर पनि बैंकमा नरहेको र बैंकले फेसबुक पेजमा छोडेको नम्बरमा पनि फोन नउठेको पाइएको छ । केहि आक्रोशित ग्राहकहरुले दुरी कायम नगरेको बारे कम्प्लेन गर्न उनीहरुलाई फोन गरेका थिए । यस विषयमा बैंकका एचआर प्रमुख गौतमले आफु आइतबार बैंकमा यस विषयमा कुरा राख्ने बताए । ‘तपाईंले भनेजस्तै दुरी कायम गरेको छैन भने त गलत भयो । म बैंकमा भोलि यो कुरा बुझ्छु ।’ उनले भने । यता जितपुर शाखाका कर्मचारीको स्वास्थस्थिति भने सामान्य रहेको उनको दाबी छ । ‘बैंक बन्द छ । तर सबै कर्मचारी सुरक्षित छन् । कसैलाई पनि कोरोना पुष्टी भएको छैन ।’ उनले भने ।

हेर्नुहोस् बैंकका एचआर प्रमुखको धारणासहितको भिडियो रिपोर्ट

https://arthasarokar.com/2020/05/NIC-Asia-Bank-4.html
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: