×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातै प्रदेशका फोटो समाचार : जिल्ला अस्पताल खोटाङलाई सामाग्री सहयोग, जुम्लामा ‘लकडाउन’को स्थलगत अनुगमन !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : जिल्ला अस्पताल खोटाङलाई सामाग्री सहयोग, जुम्लामा ‘लकडाउन’को स्थलगत अनुगमन !

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले प्रतिनिधिसभा सदस्य विशाल भट्टराईबाट स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको स्वास्थ्य सामग्री बिहीबार जिल्ला अस्पताल खोटाङलाई हस्तान्तरण गरेकोदेखि जुम्लाको सदरमुकाम खलङ्गा बजारमा लकडाउनको स्थलगत अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेसहित जिल्ला सुरक्षा समितिको टोलीसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।

हेरौं सातै प्रदेशका फोटो समाचार :
प्रतिनिधिसभा सदस्य विशाल भट्टराईबाट स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको स्वास्थ्य सामाग्री बिहीबार जिल्ला अस्पताल खोटाङलाई हस्तान्तरण ।
जुम्लाको सदरमुकाम खलङ्गा बजारमा लकडाउनको स्थलगत अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेसहित जिल्ला सुरक्षा समितिको टोली ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कार्यालय परिसर भित्र प्रवेश गर्ने क्रममा तापक्रम मापन गरिँदै ।
सुदूरपश्चिम प्रदेशका प्रदेश–प्रमुख शर्मिला पन्तको शुक्रबार स्वाब लिँदै स्वास्थ्यकर्मी । 
विराटनगर महानगरपालिका–१४ झटियाई वस्ने ५५ वर्षीय सत्यराम चौहानको गत शनिबार हत्या गरी शव घरभित्रै पुरेको आरोपमा दुई छोराहरु २९ वर्षीय रोहित चौहान र माइलो छोरा २६ वर्षीय नागेन्द्रलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार सार्वजनिक गर्दै ।
कोरोना भाइरस नियन्त्रण गर्न गरिएको लकडाउनका कारण विद्यालय बन्द भएपछि जुम्लाका बालबालिका घरायसी काम (बच्चाले बच्चा हेरचार) देखि गिट्टी बालुवा सङ्कलन गर्ने गरिरहेका छन् ।
भारतलगायत तेस्रो मुलुकबाट स्वदेश फर्किएका व्यक्तिलाई क्लष्टर अनुसारको क्वारेन्टाइन बनाएर राख्ने तयारीका लागि बिहीबार धनगढी उपमहानगरपालिकामा बसेको छलफल कार्यक्रममा उपमहानगरापालिकाका प्रमुख नृपबहादुर वडलगायत सहभागी ।
भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेका मालसामान बोक्ने ट्रक बिहीबार अपरान्ह मध्यपुरथिमि शङ्खधरचोकमा रोकिएको अवस्थामा । भक्तपुर, काभ्रेलगायतका जिल्लामा मालसामान ढुवानी गरी फर्किने क्रममा ट्राफिक प्रहरीले रोकिएको हो । कोरोना भाइरसको महामारी भएको अवस्था दिउँसो चलाउन रोक लगाएको र साँझ ८ बजेदेखि बिहान ८ बजेसम्म मात्र चलाउन दिनेभएकाले रोकिएको हो । 
पर्यटकीय नगरी पोखरास्थित कञ्चन फेवातालको बीच भागमा अवस्थित सुनसान तालबाराही मन्दिर । बन्दाबन्दीका कारण मन्दिर सुनसान बनेको हो । 
दार्चुला जिल्लाको छाङरुस्थित नेपाल–भारत सीमा क्षेत्रका सीतापुल दोभान । उक्त स्थानमा बायाँबाट आएको तिङ्कर नदी र दायाँबाट आएको काली नदी मिसिएको हो । देखिएको तस्वीरको बायाँ भाग नेपाल हो भने दायाँ भाग भारत हो । भारतीय भूमिका देखिएको सडक गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबर जान लिपुभञ्याङ्सम्म भारतले हालै बनाएको सडकसँग जोडिन्छ । यसको १० किमीमाथि भारतले अतिक्रमण गरेको भूभाग गुञ्जी दोभान भेटिन्छ । 
बन्दाबन्दीको क्रममा बिहीबार तनहुँको दमौलीमा सर्वसाधारणको चहलपहल । व्यास नगरपालिकाले अत्यावश्यक खाद्यान्न पसल बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खोल्ने अनुमति दिएकाले सोही समयमा सर्वसाधारणको अत्याधिक भीडभाड हुने गरेको छ ।
कुशे गाउँपालिका –५ दम्दालाको सुन्दर वस्ती । सुन्तला र आलुका लागि यो स्थान उर्वर मानिन्छ । 
बन्दाबन्दीका समयमा विश्वसम्पदामा सूचीकृत काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा परेवा । 
डोटीको बोगटान फुड्सिल गाउँपालिका–६ सुनगडामा दुर्घटना भएको बा २ ख २७३९ नम्बरमको मिनीट्रकका घाइते । उनीहरुलाई उपचारका लागि हेलीकोप्टरमार्फत नेपालगञ्ज लगिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: