काठमाडौंमा मृत्यु भएकी महिलाको पिसिआर परीक्षण, यस्तो आयो 'रिपोर्ट'

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सोमबार मृत्यु भएकी चितवन खैरहनी नगरपालिका–१ की २० वर्षीया महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी ती महिलालाई शङ्खरापुर नगरपालिका इन्द्रेणीको क्वारेन्टिनमा केही दिन राखिएको थियो । क्वारेन्टिनबाट निक्लिएपछि उनको सोमबार मृत्यु भएको थियो ।

मृतक महिलाको स्वाब परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईंले बताए । उनका अनुसार ती महिलाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शव परीक्षणपछि उनका श्रीमान्लाई जिम्मा लगाइएको छ । - रासस 
प्रकाशित मिति : Wednesday, May 27, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal