×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२४ घण्टा नबित्दै कोरोना बीमा पुन: सुचारु !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बीमा समितिले कोरोना बीमा पुन: सुचारु गरेको छ । समितिले २४ घण्टा नबित्दै कोरोना बीमा स्थगित गर्ने निर्णय संशोधन गरेको हो । समितिले आज एक सूचना प्रकाशित गर्दै अब जारी हुने बीमा पोलिसीको अवधी २०७७ साल चैत्र मसान्तलाई कायम गरी पुनः बीमा पोलिसी बिक्री गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो ।
यस्तो त बिहिवार समिति र बीमा कम्पनीहरुबीच नेपालमा कोरोनाक बिरामी बढेसँगै कोरोना बीमा गर्नेको संख्या बढेपछि दाबी भुक्तानी गर्न नसकिने भन्दै उक्त बिमा पोलिसी स्थगित गर्ने निर्णय भएको थियो । तर जोखिम वहनमा सरकारलेसमेत सहयोग गर्ने भएपछि बीमा समितिले सो योजना पुन: सञ्चालन गर्न कम्पनीहरूलाई निर्देशन दिएको हो ।
सरकारले साथ दिने भएपछि बन्द गरिएको बिमा योजना पुन:सुरु गर्ने सहमति भएको संघका अधिकारीहरुले जानकारी दिएका छन् । यता कार्यकारी निर्देशक तथा प्रबक्ता राजु रमण पौडेलले आज अर्को सूचना जारी गरी कोरोना बीमा सुचारु गरिएको जानकारी दिएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: