×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जेठ २५ देखि निश्चित जिल्लामा छोटो दुरीका सवारी चलाउने प्रस्ताव !

  • अर्थ सरोकार सम्बादाता 
काठमाडौं । कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ । समितिले १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको हो । समितिले चरणवद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना बनाएको छ ।
असार १ गतेबाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव छ । साथै असार १ गतेदेखि आधा यात्रुहरु मात्र चढाउने गरी अन्तरिक हवाइ सेवासमेत सञ्चालन गर्ने प्रस्ताव उच्चस्तरीय समितिले तयार पारेको छ । तर, कोरोना संक्रमणको सयभन्दा बढी केसहरु भएका जिल्लामा यो मापदण्ड लागू हुने छैन । उच्चस्तरीय समितिले तयार पारेको उक्त प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत नगर्दासम्म सार्वजनिक यातायात चल्ने छैनन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: