×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौँमा थप १ बैंकरमा कोरोना संक्रमण पुष्टी !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँमा थप एक बैंकरमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा कार्यरत ती बैंकरमा कोरोना संक्रमण पुष्टी भएपछी हाल उनलाई आइसोलेसनमा राखिएको छ भने उनीसँग सम्पर्कमा आएका थप केहि बैंकरलाई पनि क्वारेन्टाइनमा बसाइएको छ । अध्यपी उनीसँग सम्पर्कमा आएकाहरुको पीसीआर रिपोर्ट भने नेगेटिभ आएकाले डराउनुपर्ने स्थितिभने नरहेको बुझिएको छ ।
‘हाम्रा १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको साँचो हो । उहाँसँग सम्पर्कमा आएकाहरुको टेष्ट रिपोर्ट नेगेटिभ आइसकेकाले डराउनुपर्ने कुनै कारण छैन । हामी थप सजग र जिम्मेवार बनेका छौँ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै संक्रमित कर्मचारी सम्बद्ध बैंकका सूचना अधिकारीले भने, ‘कृपया बैंकको नाम उल्लेख नगरिदिनुहोला । हामी थप सचेत र जिम्मेवार बन्दै काम गरिरहेका छौँ । कोरोना संक्रमित कर्मचारीको बीमा समेत गरिएको छ ।’
यता दिनानुदिन कोरोना संक्रमितहरुको संख्या बढीरहेका बेला बैंकहरुको लापरवाही भने अझै रोकिएको छैन । अधिकांस बैंकहरुमा लापरवाही यथावत छ । यसअघि कृषि बिकास बैंक लिमिटेड, बाणिज्य बैंक लिमिटेडलगायतका बैंकका कर्मचारीहरु पनि कोरोना संक्रमित भइसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: