एनआईसी एसिया लघुवित्तको आईपिओ बाँडफाँड, नतिजा अर्थ सरोकार डटकममा !


  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनआइसी एशिया लघुवित्तले निष्कासन गरेको आइपीओको बाँडफाँड भएको छ ।  शनिबार बिहान ९ः३० बजे बिक्रि प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आईपिओ बाँडफाँड भएको हो। 

क्यापिटलका अनुसार कुल ४ लाख १४ हजार १ सय ८० जनाले २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ताका लागि आवेदन दिएकोमा १६ हजार ४९७ जना आवेदकको आवेदन रद्द भएको र ३ लाख ९७ हजार ७ सय ४१ योग्य आवेदकलाई शेयर बाँडीएको छ । 

क्यापिटलले दिएको जानकारी अनुसार ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् भने अन्य सबैले न्युनतम १० कित्ता शेयर पाएका छन् ।

आइपीओको नतिजा अर्थ सरोकार डटकममा हेर्न सकिन्छ। 


प्रकाशित मिति : Saturday, July 04, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal