×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् सनराइज बैंकभित्र जनक शर्माका आधा दर्जन काण्ड, जसले बोर्डलाई उनलाई हटाउनुपर्ने निष्कर्ष दियो…!

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार

PRIME CA
laxmi sunrise bank

यी हुन् सनराइज बैंकभित्र जनक शर्माका आधा दर्जन काण्ड, जसले बोर्डलाई उनलाई हटाउनुपर्ने निष्कर्ष दियो…!

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अहिले नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा चर्चाको विषय केहि छ भने, त्यो हो सनराइज बैंकका सीइओ र बैंकको संचालक समितिबीचको ‘टसल’ । सनराइज बैंकभित्र जनक शर्माको अराजकताले हद नाघेको भन्दै उनलाई राजिनमा दिन संचालक समितिका बहुमत सदस्यले आग्रह गरेका थिए । तर अध्यक्षलाई च्यापेर र उच्च राजनीतिक पावरको फुर्ति लगाएर पौड्यालले राजिनामा दिएर पनि अध्यक्षलाई स्वीकृत नगर्न दबाब दिने र उच्च राजनीतिक पावर लगाएर आफ्नो पद जोगाइराख्ने षड्यन्त्र गरेपछि अहिले यो विवाद सतहमा आएको निष्कर्ष बोर्ड संचालकहरुको छ ।  

दिइसकेको राजिनामा स्वीकृत नगर्ने अध्यक्षलाई बारबार दबाब दिने र संचालक समितिका अन्य सदस्यहरुलाई पनि ‘पेलेरै जान्छु’ भन्ने रणनीति लगभग ‘फेल’ भएको अवस्थामा यो विवादको चुरो के हो भन्ने जिज्ञासा धेरैलाई हुन सक्छ । जनक शर्मा पौड्यालले बैंकभित्र एक बर्षको अवधिमै आधा दर्जन काण्ड घटाए, जसले गर्दा उनलाई राजिनामा गराउन र राजिनामा अध्यक्षले स्वीकृत नगरको खण्डमा बर्खास्त गर्नसम्मको निर्णयमा संचालक समितिका बहुमत सदस्य पुगेका छन् । आखिर बोर्डलाई यो हदसम्म असन्तुष्ट हुनेगरी पौड्यालले के-के गरे त ? प्रस्तुत छ सनराइजका एक बोर्ड सदस्यले दिएको जानकारीका आधारमा तयार पौड्यालका आधा दर्जन काण्ड :
१. पहिलो त उनको नियुक्ति नै सामान्य थिएन । बैंकमा निरज श्रेष्ठलाई सीइओमा नियुक्त गरिएको थियो । नियुक्ति प्रक्रिया ठिक नभएको भन्दै संचालक समितिका एक सदस्यले बखेडा झिकेपछि निरोज श्रेष्ठ सनराइजमा एकदिन पनि हाजिर नगरी बाहिरिएका थिए । त्यसपछि उच्च राजनीतिक लविङ गरेर पौड्याल बैंकको सीइओमा नियुक्त हुन सफल भएका थिए । बोर्डलाई मनाउनुको सट्टा राजनीतिक पावर लगाएर सीइओ भएपछी बोर्डका अधिकांस सदस्य उनीसँग रुष्ट भएका थिए । तर निरजबाहेक जो भएपनि हुन्छ भन्ने निष्कर्षमा पुगेका केहि संचालक पनि त्यतिबेला केहि पनि बोलेनन् । तर शर्मासँग उनीहरु सन्तुष्ट थिएनन् । यस्तो बेला सबैलाई मिलाउनुपर्ने ठाउँमा उनले बोर्ड संचालकलाई ‘बाल नदिएका’ कारण उनी अहिलेको स्थितिसम्म आइपुगेको अधिकांसको निष्कर्ष छ ।
२. बैंकको सीइओ हुनेबित्तिकै उनले आफ्ना पूरानो बैंकबाट केहि कर्मचारीहरुलाई उच्च तहमा ल्याए । जसका लागि उनले गर्नुपर्ने छलफलसमेत गरेनन् । आफुलाई ज्युज्यु गर्ने कर्मचारीलाई ल्याएर लामो समय सनराइजमा पसिना बगाएकाहरुलाई वेवास्ता गरेको देखेका बोर्डका संचालकहरु उनीसँग थप रुष्ट भएका थिए । कर्मचारीको विषयमा एकल निर्णय गर्ने उनको तरिकाले पनि उनी बोर्डको आँखामा गिरिरहेका थिए । 

 ३. यो बीचमा उनले अर्थमन्त्री र गभर्नरको मान्छे हुँ भन्दै केहि कर्मचारीलाई थर्काएको र आफु पावरफुल मान्छेका आफ्नो मान्छे भएकोले बोर्डका कसैले पनि आफुलाई केहि गर्न नसक्ने भन्दै उनी सार्वजनिक रुपमै फुर्ती लगाउँदै आएका थिए । यो कारण पनि बोर्डका सदस्यहरु उनीसँग रुष्ट थिए । लकडाउनका समयमा पासको समेत दुरुपयोग गरेर मास्क समेत नलगाइ कोरोनाको जोखिम बोकेर उनी गभर्नरलाइ बधाई दिन गएको काण्डले पनि बोर्डमा असन्तुष्टि थियो ।

४ . मुख्य कुरोचाहिं के थियो भने उनले केहि कमसल धितोउपर कर्जा दिन लागेको सूचना बोर्डका सदस्यहरुसँग थियो । यो विषयलाई लिएर उनलाई स्पष्टीकरणसमेत सोधिएको छ । मनपरी ढंगले अध्यक्षसँगको मिलेमतोमा कमसल धितो राखेर ऋण प्रवाह गर्न लागेको भन्दै बोर्ड उनीसँग रुष्ट बनेको थियो ।
उनले आफु निकटका केहिको ऋणको भाखा सार्नका लागि बैंकमा उच्च दबाब दिएका थिए । यो सूचना पनि बोर्डसम्म पुगेकाले अहिलेको स्थिति जन्मिएको हो । सीएसआरका नाममा राजनीतिक रुपमा जुन जुन संस्थालाई सहयोग गर्न ‘माथिको रिफर’ आउँछ सोहि सोहि गतिविधिलाई अगाडी बढाउने गरेकाले पनि बोर्ड उनीसँग रुष्ट थियो । उनले आफु निकटका केहि पत्रकारहरु बोलाएर यसो गर्छु र उसो गर्छु भनेर अन्तर्वार्ता दिएपनि भने अनुसारको प्रगति गर्न नसकेका कारण पनि बोर्ड उनीसँग रुष्ट थियो । जसका कारण उनलाई हटाउनको विकल्प नभएको निष्कर्षमा बोर्ड पुगिसकेको थियो । यहि बेला बोर्डसँग मिलेर जानुपर्ने ठाउँमा राजनीतिक पावर लगाएर बोर्डका सदस्यहरुलाई नै ठिक पार्छु भन्ने शैलीमा गाडी बढेपछि बोर्ड अन्तत: उनलाई हटाउनुपर्ने निष्कर्षमा पुगेको हो ।

६. उनको धेरै बोल्ने बानीलेसमेत बोर्ड सदस्यहरु वाक्क दिक्क भएका थिए । बोर्डमा समेत उनी निकै चर्को बोल्ने गर्दथे । चर्को भन्दा पनि धेरै बोल्ने गर्दथे । कुनै कार्यक्रममा बोल्नुपरेको खण्डमा पनि उनले धेरै बोलेर बैंकलाई धेरै ठाउँमा अफ्ट्यारो पारेको निष्कर्ष बोर्डसदस्यहरुको अलि अगाडी देखि नै थियो ।

यी काण्डहरुबारे हामीले जनक शर्मा पौड्यालको समेत धारणा लिने प्रयास गरेका थियौं । तर उनी हाम्रो सम्पर्कमा आउँदै आएनन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: