×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महाबौद्ध क्षेत्रमा कोरोना फैलियो, ५ जनामा संक्रमण पुष्टी, ३ वटा पसल सिल !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौंको महाबौद्धमा रहेका ३ वटा पसल सिल गरिएको छ । पसल सञ्चालन गर्दै आएका ५ जनामा कोरोना पुष्टि भएपछि ३ वटा पसल सिल गरिएको हो । १९ दिन अघि भारतको सीतामणीबाट काठमाडौं आएकी संक्रमित महिलाबाट परिवारका दिदि र भाइलाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।
यसैबीच महाबौद्ध गणेश मन्दिर नजिक पसल सञ्चालन गर्दै आएका २ जना व्यापारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उक्त स्थानमा सूचना नै टाँस गरिएको थियो । गणेश मन्दिर नजिक रहेको पसलमा अर्थात् व्यापारीद्वय धिरज शाह र रञ्जु शाहसँग सम्पर्क रहेको भए यथासिध्र स्वास्थ्य परीक्षण गर्न सूचना टाँस गरिएको हो । आइतवार मात्रै काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: