×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

काठमाडौंका शाखाहरुमा पनि पुगेका थिए मेगा बैंकका कोरोना संक्रमित कर्मचारी, सम्पर्कमा आएकाहरुलाई घरमै बस्न उर्दी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मेगा बैंकका धादिङ शाखाका संक्रमित कर्मचारी काठमाडौँका विभिन्न शाखाहरुमा पुगेको खुलासा भएको छ । संक्रमित कर्मचारीको ट्राभल हिस्ट्री खोज्दै जाँदा यस्तो खुलासा भएको हो । उनी केहि समय अघि मेगामा गाभिएको साबिकको गण्डकी बिकास बैंकका शाखा पनि पुगेको पाइएको छ ।
संक्रमित कर्मचारीलाई आइसोलेसनमा राखिएपनि अन्य कर्मचारीहरुलाई भने बैंकले कोरोना परिक्षणसमेत नगरेको भन्दै कर्मचारीहरुले गुनासो गरेका छन् । बुधबार मात्रै ती कर्मचारीमा कोरोना पुष्टी भएको थियो । उनी काठमाडौंस्थित बैंकको स्टोर कक्षमासमेत गएको प्रमाणित भएको छ ।
  
यता बैंकले काठमाडौंका कर्मचारीलाई टेस्ट गरेको तर मोफसलका कर्मचारीहरुलाई वेवास्ता गरेको भन्दै बैंकका कर्मचारीहरु रिसाएका छन् । उनीहरुले काठमाडौंका कर्मचारीको मात्र बैंकले चिन्ता गरेको भन्दै गुनासो पोखेका छन् । 
यता बैंकका एचआर विभागका प्रमुख राजेन्द्र सुवेदीले पनि धादिङका कर्मचारीहरूको परिक्षण हुन नसकेको तर काठमाडौंका कर्मचारीहरूको कोरोना परिक्षण भएको स्विकारेका छन् । कोरोना संक्रमित काठमाडौंका शाखामा पनि पुगेको प्रमाणित भएपनि ती शाखाहरु भने सञ्चालनमै छन् । यस्तै शुक्रबार पनि थप १ बैंकरमा कोरोना संक्रमण पुष्टी भएको थियो । अहिलेसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीमा कोरोना पुष्टी भइसकेको छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: