×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिलोपटक आत्महत्या प्रयास गर्दा बचेकी थिइन् सनाज, दोश्रो पटक सनराइज बैंकको कार्यकक्षमै पिइन् बिष !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

पहिलोपटक आत्महत्या प्रयास गर्दा बचेकी थिइन् सनाज, दोश्रो पटक सनराइज बैंकको कार्यकक्षमै पिइन् बिष !

  • अर्थ सरोकार सम्बाददाता 
सनराइज बैंकमा कार्यरत कर्मचारीले बैंकभित्रै आत्महत्या गरेकी छिन् । बैंकको विराटनगर शाखाकी कर्जा शाखामा कार्यरत महिला कर्मचारीले कार्यकक्षमै विष खाएर आत्महत्या गरेकी हुन् । वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार ३० वर्षीया उनले कार्यकक्षमै विष खाएर आत्महत्या गरेकी हुन् । उनले कार्यकक्षमै विष खाएपछि उपचारका लागि अस्पताल लगिएको थियो । यद्यपी अस्पताल भर्ना गरे लगतै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । घटनाको बाँकी पक्षमा प्रहरी अनुसन्धान सुरु गरेको र लास पोष्टमार्टमका लागि पठाइको छ ।  उनी सनराइजमा भन्दा पहिला एनएमबि बैंकमा काम गर्ने गर्थिन् । 
यस्तो छ घटनाको नालेबेली !
बिराटनगर । सनराइज बैंकको बिराटनगर शाखाको शौचालयमा सनाजको लास लडिरहेको थियो । उनको मृत शरीर ‘मृत’ छ भनेर नपत्याएका सहकर्मीहरुले प्रहरीलाई खबर गरे र अस्पताल पुर्याए । तर उनले यो संसार छोडीसकेकी थिइन् । बैंकको बिराटनगर शाखामा कर्जा विभागमा रहेर काम गर्थिन् उनी । करिब एक बर्ष भएको थियो सनराइज बैंकमा जागिर सुरु गरेको । उनले यसरी बैंकको शौचालयमा सुसाइड गर्लिन् भन्ने सायदै कसैले सोचेको थियो होला । तर बुधबार यस्तै भयो बिराटनगरमा । 
कार्यकक्षमै बिष खाएपछि उनलाई गाह्रो भएछ । त्यसपछि उनी शौचालय गइन् । अचानक उनी लडेपछि उनलाई अस्पताल पुर्याईयो र प्रहरीलाई पनि खबर गरियो । तर अस्पताल भर्ना गरे लगतै उनलाई डाक्टरले मृत घोषणा गरे । उनको साथबाट सुसाइड नोट पनि भेटिएको छ । वरिष्ठ सहायक अधिकृत पदमा कार्यरत विराटनगर महानगरपालिका-८ सहयोगी टोलकी ३० वर्षीया उनको झोलामा सुसाइड नोट भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताएका छन् । 
बिष पिउनुअघि उनले सुसाइड नोट लेखेकी छिन् । प्रहरीका अनुसार बाबु र आमालाई सम्बोधन गरेर लेखिएको नोटमा उनले आफ्नो मृत्युको कारण कोहि नभएको र कसैलाई पनि दोष नदिन भनेर लेखिएको छ । मृतक सनाजले बैंकमा आफ्ना बाबुको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको र विभिन्न बैंक तथा वित्तिय संस्थामा आफ्नो शेयर रहेको नोटमा उल्लेखसमेत गरेकी छिन् । 
आत्महत्याको दोश्रो प्रयास थियो सनाजको !
यसो त उनले पहिलोपटक आत्महत्याको प्रयास गरेकी भने होइन । यसअघि पनि उनले आत्महत्याको प्रयास गरेको भनी उनकका परिवारका सदस्यले प्रहरीलाई खबर गरेको प्रहरीको भनाइ छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।  

एनएमबि बैंकको यो काण्ड हेर्न छुटाउनुभयो कि ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: