सनराइज बैंककी कर्मचारीद्वारा बैंकभित्रै आत्महत्या !

विराटनगर । सनराइज बैंकमा कार्यरत कर्मचारीले बैंकभित्रै आत्महत्या गरेकी छिन् । बैंकको विराटनगर शाखाकी कर्जा शाखामा कार्यरत महिला कर्मचारीले कार्यकक्षमै विष खाएर आत्महत्या गरेकी हुन् । वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार ३० वर्षीया उनले कार्यकक्षमै विष खाएर आत्महत्या गरेकी हुन् ।

उनले कार्यकक्षमै विष खाएपछि उपचारका लागि अस्पताल लगिएको थियो । यद्यपी अस्पताल भर्ना गरे लगतै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । घटनाको बाँकी पक्षमा प्रहरी अनुसन्धान सुरु गरेको र लास पोष्टमार्टमका लागि पठाइको छ ।
प्रकाशित मिति : Wednesday, August 05, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal