×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिजो घटेको सुनको मूल्य आज पनि ह्वात्तै घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

  

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार २ सयले घटेर प्रति तोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
यता, चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम सुनको मूल्य ८० हजार ८ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २० रुपैयाँ ५ पैसा कायम गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: