×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंक अफ काठमाण्डूको लुटपाट घटनाको सफल अनुसन्धान गर्ने कटुवाल बने सर्वोत्कृष्ट अनुसन्धान अधिकृत !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक अफ काठमाण्डूको लुटपाट घटनाको अनुसन्धान गर्ने सुवास कटुवाल सर्वोत्कृष्ट अनुसन्धान अधिकृत बनेका छन् । नेपाल प्ररीको विशेष ब्यूरोमा कार्यरत उनलाई ६५औं प्रहरी दिवसको अवसरमा सो पुरस्कारका लागि छनौट गरिएको हो ।
सर्वोत्कृष्ट अनुसन्धान अधिकृतमा महानगरिय प्रहरी परिसर ललितपुरका प्रहरी नायव निरीक्षक सुवास कटुवालले पाएका छन् । सर्वोत्कृष्ट अनुसन्धान अधिकृतको उपाधि पाएका सुवास कटवालले २०६० सालमा असईबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए । कटवालले भिओआईपी कलबाईपासको पहिलो घटनाको अनुसन्धान गरेका थिए । 
सिआईविले हेरेको पहिलो बैङकिङ कसुर गोरखा विकास बैंकको अनुसन्धान उनैले गरेका थिए । उनले सर्वाधिक चर्चामा रहेका युनिटि ठगिकोसमेत अनुसन्धान गरेका थिए । यस्तै बैंक अफ काठमाण्डूको दाङस्थितको शाखामा भएको लुटपाटको घटनाकोसमेत कुवालले नै सफल अनुसन्धान गरेका थिए । ६५औँ प्रहरी दिवसको अवसर पारेर प्रहरी प्रधान कार्यालय नक्सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले लाइफ टाइमअचिभमेन्ट पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: