×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

झुटको खेती गर्न पल्केको एनएमबि बैंकको ‘नाङ्गो नाच’ : वित्तीय विवरणमा तिब्र चलखेल, पोल खुलेपछि अडिटरलाई दोष !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैंक अफ दी एयर २०१७ र २०१८ बाट सम्मानित भएको एनएमबि बैंकले गलत वित्तीय विवरण सार्वजनिक गरेर जनताको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ । ठुलो नाफा देखाएर जनताको आँखामा छारो हाल्ने र आफुले राम्रो गरेको जस पाउने बदनियत बोकेर बैंकले अघिल्लो वर्षका सूचकहरुमा ठुलो चलखेल गरेको पाइएपछि बैंकभित्र हुने गरेको बदमासीसमेत छताछुल्ल भएको हो । बैंकले गरेको यस्तो बदमासीले बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा प्रश्न त उठाएको छ नै, पूरा बैंकप्रति नै जनताको विश्वास घट्ने संकेत देखाएको छ । बैंकले नाफा बढाएको देखाएर जस पाउने नाममा आफ्नै खुट्टामा बन्चरो हानेको विश्लेषण जानकारहरुले गरेका छन् । अर्कोतर्फ बैंकले अराजक शैलीमा लगानीकर्ताहरुलाई फसाउने काम गरेको भन्दै लगानीकर्ताहरु बैंकप्रति तिब्र असन्तुष्ट भएका छन् । 

कहाँ-कहाँ भयो चलखेल प्रयास ? के के गलत छापिए ?

एकपटक बैंकले अघिल्लो बर्षको पहिलो त्रैमासमा सार्वजनिक गरेको विवरण हेरौं । सो विवरणमा बैंकले पहिलो त्रैमासमा बैंकले खुद नाफा ८१ करोड ५१ लाख रुपैयाँ देखाएको छ । अव केहि दिनअघि मात्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण हेरौं । सो विवरणमा बैंकले सो बर्षको सोहि अवधिको खुद नाफा २७ करोड १८ लाखमात्र देखाएको छ । यी दुवै विवरण बैंकको वेवसाइटमा प्रकाशितसमेत छ । सामान्य व्यक्तिले समेत बुझ्ने तथ्यलाई लुकाउन खोजेर एनएमबिले लगानीकर्ताका अगाडी नाङ्गो नाच देखाएको छ ।
यसो त कुनै विवरण गलत देखिएपछी अन्य सूचकहरुमा पनि आम जनता र लगानीकर्ता झुक्किने नै भए । बैंकले वार्षिकीकृत प्रति सेयर आम्दानीमा पनि जनता झुक्याएको छ । अघिल्लो बर्षको बैंकले सार्वजनिक गरेको विवरण हेर्ने हो भने अघिल्लो वर्षको पहिलो त्रैमासमा वार्षिकीकृत बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५१ पैसा छ । तर बैंकले गत वर्षको इपीएस १० रुपैयाँ ८४ पैसा मात्र देखाएको छ भने यो वर्ष २० रुपैयाँ ५८ पैसा रहेको भन्दै झुटो आंकडा प्रस्तुत गर्दै जनता झुक्याउने दुष्प्रयास गरेको छ । यति मात्र होइन, बैंकले निक्षेप तथा कर्जा परिचालनको अवस्था लगायतका सूचकमा जनताको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ ।
एनएमबि बैंकको बदमासी यतिमा रोकिएको छैन । बैंकले संचालन मुनाफामा समेत झूठको खेती गरेको छ । बैंकले अघिल्लो वर्ष संचालन मुनाफा ४० करोड देखाएको थियो जुन सरासर गलत छ । यो बर्ष बैंकले सो नाफा १ अर्ब माथि पुगेको देखाएको छ । गलत विवरण देखाएर चलखेल गरेको बैंकले अघिल्लो बर्षको बैंकको रिटर्न अर्निंग २ अर्ब २५ करोड रहेको देखाएको थियो । जवकि बैंकले प्रकाशित गरेको पछिल्लो विवरणमा भने सोहि अवधिको रिटेन अर्निंग १ अर्व ७३ करोड रुपैयाँमात्र रहेको देखाइएको छ । 
बैंकको चलखेलले डुब्दै लगानीकर्ता ! के भन्छ बैंक ?
गलत विवरण सार्वजनिक गर्दा सेयर बजारमा ठुलो चलखेल हुने गरेको छ । बैंकमा हुने यस्ता चलखेलले सोझासाझा लगानीकर्ताहरु फस्ने डर हुन्छ । तर एनएमबि लगायतकाको यस्तो बदमासीमा नियामक चुप लाग्ने प्रवृतिले जनताहरु फसेको फस्यै गर्ने र यस्तो काम गर्न पल्किएकाहरु अझ उत्साहित हुने देखिएको छ । यस विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।  
यता बैंकका सूचना अधिकारी सुदेश उपाध्यायले भने अडिटरका फरक फरक रायका कारण यस्तो समस्या देखिएको बताएका छन् । ‘अघिल्लो बर्ष अडिटरको राय अनुसार वित्तीय विवरण सार्वजनिक गरियो । यो पटक फेरी कतिपय एडजस्टमेन्टमा अडिटरको फरक राय आयो । अडिटरकै फरक फरक राय आएपछि केहि समस्या देखिएको छ । यो केसमा के भयो भन्ने कुरा अझै मसम्म पनि आइपुगेको छैन । त्यसैले यस्तो समस्या देखियो ।’ यता कुनै एडजष्टमेन्टमा गडबढ हुँदा यस्तो समस्या आएको बैंकको तर्क छ । तर यो कुराको डिस्क्लोजर बैंकले गरेको छैन । केहि कुरा गडबढ भए त्यसको डिस्क्लोजर नदेखाउनुलाई गलत कामको रुपमा लिइन्छ । त्यसकारण पनि बैंकले गरेको यो बदमासी, बदमासीको पराकाष्टा हो भन्ने बुझाइ अधिकांशको छ ।  
स्मरण रहोस्, अघिल्लो बर्षको वित्तीय विवरण सार्वजानिक भएपछी अर्थ सरोकारले एनएमबिले सार्वजनिक गरेको विवरणमा गलत एडजष्टमेन्ट भएको टिप्पणी सार्वजनिक गर्दा सो बैंकका फाइनान्स हेड मृदुल पराजुलीले त्यसको प्रतिवाद गरेका थिए ।  मर्जर तथा प्राप्तिको ‘बार्गेन गेन’लाई फाइदाका रुपमा नभई सेयर प्रिमियमका रुपमा देखाउनुपर्ने टिप्पणी अर्थ सरोकारले प्रकाशित गर्दा बैंकका बैंकले अडिटरको राय भन्दै सो कुराको प्रतिवाद गरेको थियो । अहिले सोहि रकम सेयर प्रिमियममा देखाउँदा वित्तीय विवरणमा यस्तो ‘तिरीमिरी झ्याई’ देखिएको हो । यस विषयमा पराजुलीसँग नै सोध्दा उनले आफुले यस विषयमा औपचारिक रुपमा बोल्न नमिल्ने भन्दै पन्छिएका छन् ।
https://arthasarokar.com/2020/11/NMB-Disclosure.html
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: