×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विप्लव- सरकार वार्ता अपडेट : नेकपाको पहिलो ‘सर्त’ सरकारले मान्यो, ‘राज्यबन्दी’ रिहा गर्ने कदम अगाडी बढ्ला ?

  • अर्थ सरोकार पोलिटिकल ब्युरो
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ताका लागि प्रतिबन्ध फुकुवा हुनुपर्ने सर्त सरकारले मानेपछि नेपाली राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरेसँगै नेपाली राजनीतिमा नयाँ मोड देखा परेको हो । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी सरकारले नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा समिति गठन गरेको जानकारी दिएका छन् । यसअघि पनि वार्ताको चर्चा चलेपनि सरकारले आधिकारिक निर्णय गर्न बाँकी थियो ।
राज्यबन्दी रिहा गर्ने कदम अगाडी बढ्ला ?
यता विप्लवले वार्ताका लागि पार्टीकै भाषामा राज्यबन्दीको रिहा गर्नुपर्ने माग गरेको छ । प्रतिबन्धसँगै नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली, धर्मेन्द्र बास्तोलासँगै केन्द्रीय सदस्यहरु मा‍इला लामा, भरत बम, ओमप्रकाश पुन, आदर्शलगागतय दर्जनौं नेताहरु जेलमा छन् । उनीहरुलाई रिहा नगरेसम्म वार्ताको औचित्य नहुने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीहरुको ठम्याई छ। यद्यपी केहि कानुनी प्रक्रिया पूरा गरेर उनीहरुलाई रिहाइको तयारी गरिएको सरकार स्रोतको दाबी छ । यसरी हेर्दा नेकपा र सरकारबीचको वार्ता अगाडी बढ्ने देखिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: