×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा १ सय ४४ भन्दा बढी सक्रिय लिडरहरु सम्मानित

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको बबइ रेसोर्टमा“बर्दिया टाइगर मिट”कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्नुका साथै पुनर्ताजगीतलिम प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल भरिबाट माघ र फागुन महिनामा उत्कृष्ट व्यवसायिक सफलता हासिल गरी छनौट भएका १ सय ४४ भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो । कार्यक्रममा सम्पूर्ण लिडरहरुलाई कम्पनीले सम्मान गरेको थियो । कार्यक्रममा कम्पनीका पश्चिम क्षेत्रको प्रमुख व्यवसाय अधिकृत धोज बहादुर खड्काले धेरै टाढाबाट पनि तालिममा सहभागी भएको भन्दै सम्पूर्ण सहभागीहरुको प्रशंसा गरेका थिए ।
यस्तै, कार्यक्रमको प्रमुख अथितिको रुपमा सृष्टी केसी रहेकी थिइन् । उनले जीवन सङ्घर्स र त्यस प्रतिको सकरात्मक सोच, जीवन प्रतिको बुझाई, भोगाई र प्रेरणादायिक वाक्यले सबैको आँखामा आशु ल्याउनुका साथै जीवनमा अझै धेरै गर्न बाँकी रहेको भन्दै अझै सकरात्मक जोश र जाँगर भरर काम गर्न अनुरोध गरेकी थिइन् ।
कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख व्यवसाय अधिकृतहरु साथै विभिन्न क्षेत्र र शाखा प्रवन्धकहरुको पनि उपस्थिती थियो । समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रीणी रहेको र रहने बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: