×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सरकारसँग वार्ता गर्न नेकपाका नेता ‘प्रकाण्ड’सहितको टोली काठमाडौंमा, आजै बेलुका बादलसँग भेटघाट !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथिको ‘प्रतिबन्ध’ फुकुवा गर्ने घोषणा गरेसँगै सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच आजै बेलुकादेखि वार्ता हुने भएको छ । वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा टोली गठन भइसकेको छ । विप्लव नेतृत्वको नेकपा पनि वार्ता टोलीको नाम सरकारलाई टिपाएर कडा सुरक्षाबीच काठमाडौँ भित्रिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट पाका तर्फबाट सो पार्टीमा दोश्रो वरियताका नेता तथा प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा दिपक चलाउनेसहितको टोली वार्ताको निम्ति काठमाडौँ आइसकेको बताइएको छ । सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन् ।

यसअघि नेकपाका पार्टी महासचिव विप्लवले वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै विज्ञप्ति नै जारी गरेका थिए । ओली नेतृत्वको सरकारले २०७५ साल चैत्र २८ गते विद्रोहो नेकपामाथि राजनीतिक प्रतिबन्ध लगाएको थियो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: