×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनसीसी बैंकद्धारा अटो रिक्सा प्रयोग गर्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्ने सुविधा सुरु

  • अर्थ सरोकार सम्बाददाता 
मोरङ । आजको युगले सुचना प्रविधिमा निकै फड्को मारिसकेको छ । प्रविधिकै माध्यमबाट आज अधिकांश आर्थिक कारोबारहरुमा सहजता थपिएको छ । अनलाइनबाटै गरिने भुक्तानीबाट अहिले धेरैको आर्थिक गतिविधि सजिलो बनिरहेको छ ।
नेपालको बैंकिङ क्षेत्रमा वर्षौंदेखी विश्वासिलो सेवा दिँदै आएको नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क एनसीसी बैङ्कले अटो रिक्सा प्रयोग गर्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्ने सुविधाको शुरुवात गरेको छ । बैङ्कले शुक्रबारबाट मोरङ जिल्लाको बिराटनगर महानगरपालिका स्थित विराटनगर नोबेल मेडिकल कलेज रुटमा चल्ने अटो रिक्सा चढ्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको हो ।
एनसीसी बैङ्कले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न सकिने छ । शुक्रबार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अटो रिक्सा चालकलाई क्यूआर कोड हस्तान्तरण गर्नुहुँदै अनलाइन भुक्तानीको सेवा सुभारम्भ गर्नुभयो । बिराटनगर मेडिकल कलेज रुटमा चल्ने के एन अटो यातायात प्रालिमा आबद्ध अटो रिक्सामा क्युआर कोडमार्फत भुक्तानी हुने भएको हो ।
व्यवसायमा नगद रहित कारोबार गर्दा छिटो छरितो र सुलभ ढंगमा कारोबार हुने हुँदा यसले आम व्यवसायी र सेवाग्राही वर्गमा लाभ पुग्ने एनसीसी बैंङ्कले अपेक्षा लिएको छ । क्यु आर कोड हस्तान्तरण गर्नुहुँदै गभर्नर अधिकारीले नगदरहित कारोबार सुरु भएकोले नोट कम चलाएर डिजिटल कारोबार गरि राष्ट्रकै लागि योगदान पु¥याउन सकिने बताउनुहुँदै सबैलाई यसमा सहयोगका लागि आग्रह समेत गर्नुभयो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: